सोमबार , अषोज २६, २०८३

पोखराको सूर्यदर्शन सहकारी ठगीमा जिल्ला प्रहरी कार्यालय कास्कीमा पीडितहरूले प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध जाहेरी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीहरूविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर श्रेष्ठले जानकारी दिए।

‘हप्ता दिनदेखि हामीले अनुसन्धान गरिरहेकै छौं। यसमा पूरक जाहेरी आएको हो। यसअघि निवेदन पनि आइसकेको थियो। आज फेरि कम्पनीहरू र नाम जाहेरी परेको हो,’ उनले भने, ‘पूरक अनुसन्धान पेस गर्छौं। जाहेरी नै नभएपनि अनुसन्धान गर्न बाधा हुँदैन थियो।’

सूर्यदर्शन बचत पीडित संघर्ष समितिका सदस्यहरू यसअघि पनि पटकपटक लामिछानेविरूद्ध जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन्।

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ।

 

प्रहरीले पुर्पक्षका लागि थुनामा रहेका आइटी अफिसर भगेश्वर अर्याललाई कार्यालयमा झिकाएर अनुसन्धान गरिरहेको छ।

समितिका संयोजक किरण श्रेष्ठले यसमा कुनै पनि व्यक्तिमाथि पूर्वाग्रह नभएको बताए।

‘कुनै पनि व्यक्तिमाथि हाम्रो पूर्वाग्रह छैन। हामीले यसमा अनुसन्धानमा नाम आएका व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ भनेर माग गरेका हौं,’ श्रेष्ठले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP