
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को सोमबारबाट सुरु भएको हिउँदे अधिवेशन बढीभन्दा बढी विधेयक पारित गर्नमा केन्द्रित हुने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् ।
‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ,’ उनले भने ।
संसद् अधिवेशनको सुरुवात राम्रो वातावरणमा सुरु भएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुसार अगाडि बढ्ने पनि बताए ।