सोमबार , अषोज २६, २०८३

काठमाडौँ । गायिका एलिना चौहानको गीत ‘कट्टा हानिदिन्छु’ माथि चोरीको आरोप लागेको छ । गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको आरोप लगाएका हुन् । एलिनाको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ ओबी रायमाझी युट्युब च्यानलबाट सार्वजनिक भएको छ । जसलाई ओबी रायमाझीले बाहिर ल्याएका हुन् । गीतको भिडियोमा रायमाझीको अभिनय समेत छ । गायिका एलिनाको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको सङ्गीत छ । गीतको भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझीको नृत्य छ । भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

त्यस्तै गायक कार्कीको स्वर रहेको गीतमा कार्की जी (सुवास) र मेगेन्द्र सुवेदीको शब्द तथा कार्कीजीको संगीत छ । गीतको भिडियोमा राजेन्द्र खड्गी, जयकिसन बस्नेत, दीपा शाही लगायतको अभिनय छ । भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP