सोमबार , चैत्र २४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् ।

सोमबार वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औँ  स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए ।

“नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु,” उनले भने ।

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उनको भनाइ छ ।

त्यस्तै, उनले सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भइरहेको बताए ।

“सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै मेहनत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP