सोमबार , चैत्र २४, २०८१

काठमाडौँ — तिलोत्तमा नगरपालिकाले १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीका कप्तान देव खनाललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

 

तिलोत्तमा-१३ का स्थायी बासिन्दा रहेका खनालले दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन महत्वपूर्ण योगदान दिएकाले उनलाई प्रोत्साहन र हौसला प्रदान गर्न शनिबार आकस्मिक बैठक बसी रकमसहित सम्मान दिने निर्णय गरेको पालिकाका प्रमुख प्रसाशकीय अधिकृत नारायण अर्यालले बताए ।

विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठामाथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र यसले नगरको सान बढाएको उनको भनाइ छ । खनालले अफगानिस्तान विरुद्ध अर्धसतकियपारीसहित ५८ रनको योगदान दिएका थिए । नगरपालिकाले यसअघि पनि ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयाँले सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP