शुक्रबार , भाद्र १२, २०८३

काठमाडौँ — तिलोत्तमा नगरपालिकाले १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीका कप्तान देव खनाललाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

 

तिलोत्तमा-१३ का स्थायी बासिन्दा रहेका खनालले दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन महत्वपूर्ण योगदान दिएकाले उनलाई प्रोत्साहन र हौसला प्रदान गर्न शनिबार आकस्मिक बैठक बसी रकमसहित सम्मान दिने निर्णय गरेको पालिकाका प्रमुख प्रसाशकीय अधिकृत नारायण अर्यालले बताए ।

विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठामाथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र यसले नगरको सान बढाएको उनको भनाइ छ । खनालले अफगानिस्तान विरुद्ध अर्धसतकियपारीसहित ५८ रनको योगदान दिएका थिए । नगरपालिकाले यसअघि पनि ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयाँले सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP