शुक्रबार , भाद्र १२, २०८३

बुटवल  : प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन्। माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपील गरे।

‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपील गर्दछु,’ उनले भने।  विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ संकेत गर्दै उनले जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्ने र घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री दाहालले सरकारले थप ३ हजार जनालाई सहिद घोषणा गरेको र उनीहरुको नाम छिट्टै राजपत्रमा प्रकाशित गरिने बताए। ‘झण्डै ३ हजार छुटेकाहरूको सहिद घोषणा फेरि क्याबिनेटबाट निर्णय भइसकेको छ। गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ। त्यो राजपत्रमा प्रकाशित गर्नका लागि अगाडि बढिसकेको छ,’ उनले भने। उनले सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको र त्यसलाई सिंगो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्ने बताए।

सहिदलाई विभाजन गर्न नहुने भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रिकृत हुने बताए। ‘समान त्याग र बलिदान गरेकाहरु एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्,’ उनले भने, ‘त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ।’

माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पुर्‍याउन आग्रह गर्दै उनले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताए। शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुंगिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP