शुक्रबार , चैत्र २८, २०८१

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्ष उनले सुनाएका हुन् ।

पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरूलाई ल्याउन आफूले वातावरण बनाइदिने आश्वासन समेत अध्यक्ष प्रचण्डले दिए । समान विचार भएका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि उनले आह्वान गरे ।

“…जनताले जन्माउने हो नेतृत्व भनेको । तर, नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिनेचाहिँ होइन । जनताले पनि रातारात जन्माउन सक्दैन,” उनले भने, “इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्गसंघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो ।”

पार्टी नेतृत्वप्रति उदासीन हुने काम नगर्न पनि उनले नेता–कार्यकर्तालाई सचेत गराए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गराउन आफूहरूले बल गरिरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP