शनिबार , असार १३, २०८३

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्ष उनले सुनाएका हुन् ।

पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरूलाई ल्याउन आफूले वातावरण बनाइदिने आश्वासन समेत अध्यक्ष प्रचण्डले दिए । समान विचार भएका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि उनले आह्वान गरे ।

“…जनताले जन्माउने हो नेतृत्व भनेको । तर, नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिनेचाहिँ होइन । जनताले पनि रातारात जन्माउन सक्दैन,” उनले भने, “इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्गसंघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो ।”

पार्टी नेतृत्वप्रति उदासीन हुने काम नगर्न पनि उनले नेता–कार्यकर्तालाई सचेत गराए ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गराउन आफूहरूले बल गरिरहेको उनको भनाइ छ । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १६:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP