शुक्रबार , भाद्र १२, २०८३

एमी र एनी दिदीबहिनी हुन् त्यो पनि जुम्ल्याहा । तर जन्मलगत्तै आमाबाट खोसेर कसैले दुबैलाई छुट्टाछुट्टै परिवारलाई बेचिदिए । वर्षौँपछि टिभी ट्यालेन्ट शो र टिकटक भिडियोका कारण ती दिदी बहिनीको भेट भएको छ । समाचारअनुसार जर्जियामा अस्पतालबाट हजारौँ बच्चा चोरेर बेचिएका छन् । एमीलाई आफ्नो विगतले सोचमग्न बनाएको छ । विगत एक हप्तायता उनी फिटिक्कै निदाएकी छैनन् ।

टिकटकमा एउटा भिडियो हेर्दै एनो आफूहरूलाई बेचिदिने महिला यही होला भन्ने सोचिरहेकी छिन् । दुवै दिदीबहिनी आत्तिएका छन् । आफ्नो विगत के थियो, कसले बेचिदियो जस्ता अनुत्तरित प्रश्नहरू खोजेर उनीहरू जर्जियाबाट जर्मनीसम्म पुगे । आफूलाई जन्म दिने आमालाई पनि भेट्दै छन् । विगत २ वर्षयता एमी र एनोले आफूहरूलाई ठ्याक्कै के भएको थियो त भनेर खुट्याउने प्रयास गरे । यसक्रममा आफूहरू दुई मात्रै नभएको महसुस गरे ।

गएका दशकमा जर्जियाको अस्पतालबाट दसौँ हजार बच्चा चोरेर बेचिएका छन् । अधिकारीहरूले पनि यसबारे छानबिन गरेका छन् । तर अहिलेसम्म दोषी फेला परेका छैनन् । एमी र एनोले १२ वर्षको उमेरमा जर्जियाज गट ट्यालेन्टमा एक–अर्कालाई भेटे । एमी कृष्ण सागर नजिक आफ्नो हजुरआमाको घरमा जर्जियाज गट ट्यालेन्ट हेरिरहेकी थिइन् । त्यहाँ उनले ठ्याक्कै आफूजस्तै अर्को केटी नाचिरहेको देखिन् । सात वर्षपछि सन् २०२१ को नोभेम्बरमा सात वर्षपछि एमीले टिकटकमा आफ्नो एउटा भिडियो हालिन् ।

एनोलाई उनको एक साथीले त्यो भिडियो पठाइन् । अनि एमीलाई खोज्न थलिन । ह्वाट्स एप गु्रपमा भिडियो हालेर कसैले चिनेको छ भनेर सोधिन् । एमीले चिनेको कुनै व्यक्तिले चिनेर ती दुबैलाई फेसबुकमा एकअर्कासँग जोडिदिए । एमी जर्जियाज गट ट्यालेन्टमा आफूले देखेको केटी भन्नेकुरा एमीले थाहा पाइ हालिन् । केही दिनमा आफूहरूबिचमा धेरै कुरामा समानता पाए । समयसँगै आफूहरू ‘आइडेन्टिकल ट्विन’ भएको पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP