
पछिल्ला दुई २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोजेका थिए । उनले एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन् । सिटौला विगतमा उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काममा कांग्रेसबाट सहजीहरणको भूमिका समेत निर्वाह गरेका उनी संविधान सभामा संविधानको मस्यौदा समितिको नेतृत्व गरेका थिए ।