मंगोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा ६ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मंगोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले आफ्नो वेबसाइटमार्फत ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किँदा विस्फोट भएको जनाएको छ  ।

उलानबटार, मङुगोलिया । मंगोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा ६ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मंगोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले आफ्नो वेबसाइटमार्फत ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किँदा विस्फोट भएको जनाएको छ  ।

प्रारम्भिक विवरणअनुसार विस्फोटपछि आगलागीमा तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । नेमाले आफ्नो वेबसाइटमा तीनजना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो । यसैगरी अन्य तीन शिशुको उपचारसहितको हेरचाह भइरहेको छ ।

घटनास्थलमा उद्धार टोली पठाई आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।

आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमा आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ ।

नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP