सोमबार , अषोज २६, २०८३

मंगोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा ६ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मंगोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले आफ्नो वेबसाइटमार्फत ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किँदा विस्फोट भएको जनाएको छ  ।

उलानबटार, मङुगोलिया । मंगोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा ६ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मंगोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा)ले आफ्नो वेबसाइटमार्फत ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किँदा विस्फोट भएको जनाएको छ  ।

प्रारम्भिक विवरणअनुसार विस्फोटपछि आगलागीमा तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । नेमाले आफ्नो वेबसाइटमा तीनजना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो । यसैगरी अन्य तीन शिशुको उपचारसहितको हेरचाह भइरहेको छ ।

घटनास्थलमा उद्धार टोली पठाई आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।

आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमा आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ ।

नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP