सोमबार , बैसाख ८, २०८२

बुटवल । पछिल्लो समय विश्वभर अनौठा अनौठा प्रतिस्पर्धा भइरहेका छन् । हालै मात्र अमेरिकी दही ब्रान्ड सिग्गी डेरीले नयाँ खाले प्रतिस्पर्धाको घोषणा गरेको छ । मानिसहरूमा जति बेला पनि मोबाइल र स्क्रिनमा टाँसिएर बसिरहने बानी विकास भइरहेको बेलामा यो प्रतिस्पर्धा सबैलाई जरुरी हुनसक्छ । प्रतिस्पर्धामा सहभागीहरूले एक महिनासम्म मोबाइल फोनसँग सम्बन्ध विच्छेद गरेर बस्नुपर्नेछ । यसको भाग्यशाली विजेताले १० हजार डलर अर्थात १३ लाख ३३ हजार नेपाली रुपैयाँ पाउँनेछन् । सिग्गीले यो प्रतिस्पर्धाको नाम ‘डिजिटल डिटक्स प्रोग्राम’ राखेको छ । यस प्रतियोगितामा एक महिनाका लागि प्रतियोगीहरूले मोबाइल फोनसँग टाढिएर बस्नुपर्नेछ । यस्तो गर्न सक्ने मध्ये १० भाग्यशाली विजेतालाई छानेर यो पुरस्कार दिइनेछ । ‘ड्राई जनवरी’ अर्थात् जनवरी महिनाभरि नै रक्सी छुँदै नछुने अभियानबाट प्रेरित भएर कम्पनीले यो प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतिस्पर्धामा सहभागिताका लागि छानिएका व्यक्तिहरूले आफ्नो स्मार्टफोनलाई एउटा बाकसमा सुरक्षित रूपमा राखेर एक महिनासम्म एनालग जीवन बिताउनेछन् । डिजिटल ब्रेकको बदलामा विजेताहरूले १० हजार अमेरिकी डलर, आकस्मिक समयका लागि भने प्रिपेड सिम कार्ड, एउटा दोबार्न मिल्ने फोन दिइनेछ । विजेताहरूले यी पुरस्कारको साथमा तीन महिनासम्म निःशुल्क रूपमा सिग्गी दही पनि पाउनेछन् । यो वर्ष आफूहरूले नयाँ खालको ‘ड्राई जनवरी’ प्रस्तुत गर्न थालेको कम्पनीले प्रतियोगिताको घोषणा गर्ने क्रममा आफ्नो वेबसाइटमा भनेको छ । यसमा एक महिनासम्म जाँड रक्सीबाट टाढा रहनुको सट्टा स्मार्टफोनलाई नछुने चुनौती दिइनेछ । कमभन्दा कम डिस्ट्र्याक्सनको साथमा जीवन जिउने शक्तिमा हाम्रो विश्वास छ’ वेबसाइटमा भनिएको छ । यो प्रतिस्पर्धामा सहभागिता जनाउन चाहनेहरूले जनवरी ३१ सम्ममा आवेदन दिन सक्नेछन् । डिजिटल लाइफबाट पूरै छुट्टी सकाएर पुरस्कार राशि जित्न तयार भएकाहरूले सिग्गीको वेबसाइटमा आवेदन दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP
सोमंबुबिशु