शनिबार , भाद्र १३, २०८३

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सरकारको नेतृत्व लिन तयार रहेको उल्लेख गरेका छन् ।उनले देशलाई उचित निकास दिएर लोकतन्त्रको रक्षा गर्नका लागि काँग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै नैतिकताका आधारमा आफैं राजीनामा दिनुपर्नेमा नदिएपछि अब राजीनामा दिनैपर्ने बाध्यात्मक स्थिती सिर्जना गरिनुपर्ने नेता केसीको धारणा छ ।उनले मुलुकमा बढेको राजनीतिक संकट अन्त्य गर्नैकै लागि भएपनि काँग्रेस नेतृत्वमा आउनुपर्ने देखिएको स्पष्ट पारेका छन् ।

नेता केसीले पार्टीले सहयोग गर्ने भन्दै अन्य प्रतिपक्ष दलहरुलाई पनि सरकारको नेतृत्व लिन आग्रह गरेको उल्लेख गरे ।अहिले काँग्रेस पार्टीको मुख्य एजेण्डा वैकल्पिक सरकार निर्माण हुनुपर्छ भन्ने रहेको पनि नेता केसीले प्रष्ट पारेका छन्।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP