सोमबार , अषोज २६, २०८३

६ माघ, काठमाडौं । मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ६१ रनले हराउँदै तेस्रो जित हात पारेको छ । योसँगै मधेश अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

२३२ रनको मध्यम लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमा अलआउट भयो । कर्णालीका युवा विकेटकिपर अर्जुन घर्तीले १ सय ५ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ बलमा २ चौका र ३ छक्कासहित ३३ रनको इनिङ खेले ।

एक समय कर्णाली २८.२ ओभरमा १०४–७ को अवस्थामा पुगेको थियो । आठौं विकेटका लागि दिनेश अधिकारी र अर्जुन घर्तीले ६१ रनको साझेदारी गर्दै कर्णालीको जितको आशा कायमै राखेका थिए । तर तीव्र गतिका बलर राजेश यादवको ४० औं ओभरको चौथो बलमा दिनेश आउट भएपछि कर्णालीको जितको सम्भावना लगभग सकिएको थियो । सट बलमा छक्का हान्न खोज्दा टप एज लागेर उनी मिडअफमा मयन यादवबाट क्याच हुन पुगेका थिए ।

अर्जुन अन्तिम विकेटको रुपमा लङअनमा पवन सरार्फबाट क्याच आउट भए । कर्णालीले कप्तान तथा प्रमुख ब्याटर रवीन्द्रजंग शाहीलाई एक रनमै गुमाएको थियो । तीव्र गतिका बलर राजेश यादवको बलमा रवीन्द्र एज लागेर फस्टस्लिपमा रञ्जित कुमारबाट क्याच आउट भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP