सोमबार , अषोज २६, २०८३

काठमाडौं । २३औं आहा  रारा पोखरा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक सहारा क्लब र  थ्रीस्टार क्लब क्लब भिड्ने भएका छन् ।

शुक्रबार सार्वजनिक  खेलतालिका अनुसार ९ माघमा पोखरा रंगशालमा सहारा र थ्रीस्टारबीच पहिलो खेल हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।प्रतियोगिता खेल्न यसअघि भारतको दिल्ली दिल्ली एफसी आउने भनिनएपनि अन्तिम समयमा नआउने भएको छ । उसको सट्टा नेपालकै विभागीय टोली एपीएफले भाग लिने भएको छ । भुटानको लिग च्याम्पियन पारो एफसी प्रतियोगिताको एक मात्र विदेशी टिम हुनेछ ।

aaha-rara-pokhara-gold-schedule.jpg

 

माघ ९ गते सुरु हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच हुनेछ । दुई ए डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागिय टोली नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबबीच माघ १२ गते प्रतिस्पर्धा हुनेछ ।साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको २३ औं सस्करणको फाइनल माघ २० गते हुनेछ ।

गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई हराउँदै संकटाले उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP