
प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन् ।
निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चारमाध्यमहरुले त्यसलाई नै मुख्य समाचार बनाएको बताए ।
‘आज मागेको हो र राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु ?’ उनले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’
समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने माग्ने गरेको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न ।’