सोमबार , अषोज २६, २०८३

नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीको आसन्न अधिवेशनको लागि उम्मेदवारको टुंगो लगाएको छ । बुधबार बुटवलमा बसेको युनियनको सल्लाहकार सहित बसेको कार्यसमितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

यहि चैतको २५ गते हुँदै गरेको महासंघको निर्वाचनको लागि नेपाल प्रेस युनियनको नेतृत्वमा ५ संगठनको चुनावी गठबन्धन गरेका थिए । नेपाल प्रेस युनियनको नेतृत्वमा बनेको प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव नेपाल समुह), प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघ सहितको गठबन्धनबाट महासंघ रुपन्देही जिल्ला शाखाको अध्यक्षमा नेपाल प्रेस युनियनले युनियनका सल्लाहकार तथा महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत भईसकेका रामराज पोखरेललाई अगाडि सारेको छ ।
गठबन्धनमा नेपाल प्रेस युनियनले अध्यक्ष, दुईवटा उपाध्यक्ष तथा ५ वटा सदस्य पद प्राप्त गरेको छ । सोही अनुसार उपाध्यक्ष पदमा विश्वास ढकाल, महिला उपाध्यक्ष पदमा सञ्जु पौडेल तथा खुल्ला सदस्यमा नविन घिमिरे (थानेश्वर) र प्रदिप आचार्य तथा मधेशी कोटाबाट सदस्य पदमा राधेश्याम विश्वकर्मा, अल्पसंख्यक सदस्य पदमा सल्मान खान र महिला सदस्यमा कमला अधिकारी (हरिकला) लाई अगाडि सारिएको युनियन रुपन्देहीकी सभापति रेखा भुसालले जानकारी गराउनु भयो ।

पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्र र अग्रगमनको पक्षमा दृढतापूर्वक उभिन र जिल्लाका सञ्चार गृहहरुको प्रवद्र्धनमा साझा भूमिका निर्वाह गर्न संयुक्त लोकतान्त्रिक प्यानल बनाइएको प्रेस युनियन कार्यदलका संयोजक हरि लम्सालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP