मंगलबार , चैत्र २५, २०८१

नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीको आसन्न अधिवेशनको लागि उम्मेदवारको टुंगो लगाएको छ । बुधबार बुटवलमा बसेको युनियनको सल्लाहकार सहित बसेको कार्यसमितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

यहि चैतको २५ गते हुँदै गरेको महासंघको निर्वाचनको लागि नेपाल प्रेस युनियनको नेतृत्वमा ५ संगठनको चुनावी गठबन्धन गरेका थिए । नेपाल प्रेस युनियनको नेतृत्वमा बनेको प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल (माधव नेपाल समुह), प्रगतिशिल पत्रकार संघ नेपाल र क्रान्तिकारी पत्रकार महासंघ सहितको गठबन्धनबाट महासंघ रुपन्देही जिल्ला शाखाको अध्यक्षमा नेपाल प्रेस युनियनले युनियनका सल्लाहकार तथा महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष समेत भईसकेका रामराज पोखरेललाई अगाडि सारेको छ ।
गठबन्धनमा नेपाल प्रेस युनियनले अध्यक्ष, दुईवटा उपाध्यक्ष तथा ५ वटा सदस्य पद प्राप्त गरेको छ । सोही अनुसार उपाध्यक्ष पदमा विश्वास ढकाल, महिला उपाध्यक्ष पदमा सञ्जु पौडेल तथा खुल्ला सदस्यमा नविन घिमिरे (थानेश्वर) र प्रदिप आचार्य तथा मधेशी कोटाबाट सदस्य पदमा राधेश्याम विश्वकर्मा, अल्पसंख्यक सदस्य पदमा सल्मान खान र महिला सदस्यमा कमला अधिकारी (हरिकला) लाई अगाडि सारिएको युनियन रुपन्देहीकी सभापति रेखा भुसालले जानकारी गराउनु भयो ।

पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्र र अग्रगमनको पक्षमा दृढतापूर्वक उभिन र जिल्लाका सञ्चार गृहहरुको प्रवद्र्धनमा साझा भूमिका निर्वाह गर्न संयुक्त लोकतान्त्रिक प्यानल बनाइएको प्रेस युनियन कार्यदलका संयोजक हरि लम्सालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP