सोमबार , बैसाख ८, २०८२

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सांसदबाट हटाउने तयारी भएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट नै हटाउने तयारी गरेका हुन् ।

ओलीनिकट सांसद खगराज अधिकारीले सांसदबाट नै हटाउन लागिएको खुलासा गरेका हुन् । उनले ऋषि धमलासँगको रेडियो एनआरएनसँगको अन्तवार्तामा भने,‘देशी विदेशी प्रतिक्रियावादीसँग मिलेर षड्यन्त्र गर्नेलाई किन सांसद राखिरहनुपर्यो र ?’ उनले नेपाल कम्युनिस्ट नभएको आरोप समेत लगाए ।

माधव नेपालको कार्यशैली देश, जनता र पार्टी हितविपरित भइरहेकाले सांसद पदमा समेत नराखिने बताए । उनले नेपालमाथि प्रचण्डको नर्सरी भएको आरोप समेत लगाए । माधव नेपाललाई कुनै हालतमा नेता मान्न नसकिने उनको भनाई थियो ।

यसअघि ओलीले नेपाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसपछि उनले समानान्तर कमिटी गठन गरेका छन् । नेपाललाई अब सांसद पदबाटै हटाउने तयारी बढेको छ ।

यसैगरी, माधव नेपालनिकट नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि सांसदबाट हटाउने तयारी भएको छ । उनीहरुलाई यसअघि पार्टीबाट निलम्बन गर्ने निर्णय ओलीले गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP