मंगलबार , बैसाख २९, २०८३

काठमाडौं। देशकै सफल अनि अब्बल बैंक ‘ग्लोबल आईएमई बैंक’  १७ औँ वर्षमा प्रवेश गरेको छ । मंगलवार १७ औं वर्षमा प्रवेश गरेको बैंकले एक हप्तादेखिनै विभिन्न कार्यक्रम गरी भव्यताका साथ वर्ष गाँठ मनाईरहेको छ ।  व्यावसायिक आरोह–अवरोह पार गर्दै यो बैंक अहिले देशकै ठूलो बैंक बन्न सफल भएको छ । पुँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही सङ्ख्या, सेवा प्रभावकारीता र शाखा सञ्जालको हिसाबले वृहत् र अब्बल बैंक हो, ग्लोबल आइएमई बैंक ।

ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा पुर्‍याउने निजी क्षेत्रकै पहिलो वाणिज्य बैंक बन्न सफल भएको छ ।  बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिइरहेको छ। र,  यसलाई अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो अगुवाईमा हाँकिरहेका छन्।

Resham-.jpg

 

यसरी उदय भयो ग्लोबल आईएमई बैंक
२०६३ सालमा १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो यो बैंक । यो बैैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चल्यो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठुलो बैंक बनेको छ । यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो । बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्ष्टिच्यूटलाई मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो ।

त्यतिबेलै  लर्डबुद्ध फाइनान्सलाई पनि ग्लोबलले गाभेको थियो। तीन संस्था गाभिएपछि २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई बैंकको रुपमा रहेर एकीकृत कारोबार थाल्यो । त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको थियो भने त्यसको केही समयपछि गुल्मी विकास बैंक पनि गाभेको थियो। कमर्स एन्ड ट्रस्ट बैंकलाई र सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढाउँदै ठूलो बैंक बन्ने दौडमा लागेको थियो।

मर्जरकै क्रममा हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो। त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो। नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ। जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए।

त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेर यो बैंक मर्जर इतिहासमा सफल मर्जर बैंकको रुपमा देखिएको छ। चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाहलगायतका वित्तीय सूचकका आधारमा नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा रहेको ‘ग्लोबल आइएमई बैंक लिमिटेड’स्थापित भएको छ ।  ग्लोबल आइएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनी मानिन्छ ।

 बैंकको वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको व्यवसाय विस्तार, खुद ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कमिसन आम्दानी वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा ७८ करोड रुपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड सञ्चालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा  छ । ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०. २७ प्रतिशत बढेको छ ।

लगानीकर्ताको हातमा नियमित प्रतिफल

चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५\७६ मा बाँडेको थियो । उक्त वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । आर्थिक वर्ष २०७५\७६ मा बैंकले १२.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०६८\ ७९ मा १३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसैगरी आव २०६९\७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर मात्रै दिएको थियो । आ।व। २०७०र७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७१\७२ मा लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७२\७३ मा बैंकले १६ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले आर्थिक वर्ष २०७३\७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै आर्थिक वर्ष २०७४\७५ मा लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गरेकोमा आव २०७६\७७ मा १६ प्रतिशत लाभांश दिएको थियो । आव २०७७\७८ मा लगानीकर्तालाई १३।५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आव २०७८\७९ मा १३.६ प्रतिशत लाभांश दिएको थियो ।

सबैभन्दा धेरै कर तिर्ने बैंक

ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ । बैंकले आर्थिक वर्ष २०७८\७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरी नेपाल सरकारबाट सबैभन्दा बढी कर दाखिला गर्नेमा सम्मानित भइसकेको छ । ग्लोबल आइएमई कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठुलो बैंक बनेको छ ।

सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रूपमा स्थापित गरिसकेको छ । हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

विश्वका एक हजार बैंक भित्र पार्ने लक्ष्य 

ग्लोबल आइएमई बैंक देशकै ठूलो र सफल बैंक हो । पुँजीको आकार, वित्तीय कारोबार, सेवाग्राही सङ्ख्या, सेवा प्रभावकारीता र शाखा सञ्जालको हिसाबले वृहत् र अब्बल बैंक बन्न सफल भएको छ, ग्लोबल आइएमई बैंक ।तर बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल यतिमै रोकिनेवाला छैनन । विश्वस्तरीय बैंक बनाउने उनको योजना छ ।
‘ग्लोबल आइएमईलाई विश्वका उत्कृष्ट बैङ्कभित्र पार्ने गरी काम गरिरहेका छौँ ।’ ढकाल भन्छन । त्यहाँ पुग्न पनि समस्या नरहेको उनको बुझाइ छ । पूँजीको आधारमा विश्वको एक हजार बैंकमा पुग्न ठूलो समस्या नरहेको ढकाल बताउँछन् । ‘२ वर्ष नगद लाभांश नदिने हो भने पूँजीको आधारमा १ हजार बैंकको सूचीमा पुग्न सकिन्छ,पुग्छ पनि ।’ ढकाल भन्छन,  धेरै पछि सुरु गरेर नेपालको नम्बर १ बैंक भयौं भने विश्वका ठूला १ हजार बैंकमा पुर्‍याउने हो । ’
ग्लोबल आईएमई बैंकले भारत, बेलायत र अष्ट्रेलियमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यस्तै दक्षिण कोरियामा शाखा कार्यालय खोल्न राष्ट्र बैंकबाट अनुमति लिएर प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP