शनिबार , भाद्र १३, २०८३

काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । जसपा संघीय परिषद अध्यक्ष भट्टराई र अध्यक्ष यादव देउवालाई भेट्न बुधबार बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठ स्रोतका अनुसार भेटमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा देउवा, भट्टराई र यादवबीच करिब एक घण्टा छलफल भएको थियो ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा र भट्टराईसँग छुट्टाछुट्टै भेटेपछि बुधबार उनीहरुबीच छलफल भएको हो । भेटमा वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा देउवालाई अग्रसरताका लिन भट्टराई र यादवले आग्रह गरेको स्रोतको भनाई छ । जवाफमा देउवाले पार्टी वैकल्पिक सरकारको पक्षमा उभिने संस्थागत निर्णय गराउन भट्टराई र यादवलाई भनेका थिए । भट्टराई र यादवले जसपाभित्र प्रधानमन्त्री ओलीले खेल्न खोजेको भएपनि जसपा वैकल्पिक सरकारको पक्षमा उभिने विश्वास दिलाएका थिए ।

तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीसँग सहकार्यका लागि निरन्तर वार्तामा छन् । जसले देउवालाई झस्काएको देखिन्छ । आजको छलफलमा उनले जसपा एक मतका साथ प्रस्तुत हुने वातावरण निर्माण गर्न देउवाको आग्रह थियो ।​ काँग्रेस वैकल्पिक सरकारको पक्षमा रहेको भन्दै आफू परिपक्व परिस्थितिको प्रतिपक्षमा रहेको बताएका थिए । यता देउवा, भट्टराई र यादव बीचको भेटवार्तापछि माओवादी केन्द्रले भोलि बिहानका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठकमा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइ छ । प्रतिनिधिसभा पुनःस्थापना भएको एक महिनापछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने सुरसार थालेपछि अब वैकल्पिक सरकार निर्माणको प्रक्रिया सुरुवात भएको देखिएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान छ । यतिबेला प्रदेशहरूमा पनि माओवादी र एमालेले एक अर्काको नेतृत्वमा रहेका सरकारबाट समर्थन फिर्ता लिने क्रम जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP