सोमबार , अषोज २६, २०८३

अष्ट्रेलिया । अष्ट्रेलियाको सिडनीमा स्थापित द गोर्खा स्पोर्ट्स क्लब द्वार क्लबको प्रथम बार्षिक उत्सवको अवसरमा आयोजित प्रथम अजिफाईनन्स पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक टिम गोर्खा क्लबले नै जित्न सफल भएको छ।१४ टिमहरुको सहभागी रहेको यस प्रतियोगिता बेष्ट अफ ५ नकआउटको आधरमा खेलाईएको थियो। प्रारम्भिक चरणदेखि उत्कृष्ट खेल खेल्दै फाईनलमा सनराइज़ टिमलाई ३-० को सोझो सेटमा हराई गोर्खा क्लब प्रथम बनेको हो।

प्रतियोगितामा भाग लिन अडेलेड, ताजमानिया, डार्विन र न्युजिल्यैण्ड बाट खेलाडि हरु सिडनी आई स्थानिय टिममा खेलेका थिए भने क्यानबरा बाट “नेपाल भलिबल क्लब क्यानबरा” छुट्टै टिम सहभागी थियो। भलिबल खेलको बिभिन्न बिधामा दिईने उपाधिहरु पनि अधिकांश गोर्खा क्लबका खेलाडि हरुले नै जितेका छन जस मध्ये सर्वोत्कृष्ट खेलाडि र अनुशासित खेलाडी बिशाल बहादुर बि क, उत्कृष्ट उदयमान खेलाडि शुभम दिशा मगर , सर्वोत्कृष्ट लिबेरो दिवश गुरुगं , सर्वोत्कृष्ट सेटर प्रकाश फाल मगर, सर्वोत्कृष्ट सर्विसर प्रेम के सी र सर्वोत्कृष्ट प्रशिक्षक दीपेन्द्र राई घोषित भए भने सर्वोत्कृष्ट ब्लकरको उपाधि सनराइज़ क्लबका राजु थकाली र सर्वोत्कृष्ट स्पाईकर छन्त्याल क्लबका तिलक छन्त्यालले हातपारे। प्रतियोगिताको थप आकर्षण भेट्रान्स भलिबल प्रतियोगिता बन्न पुगेको थियो। पुर्व अनुभवी खेलाडि हरु बीच सम्पन्न यस प्रतियोगिता मा नेप्लीज रिक्रियशन क्लब प्रथम भए।

आजि फाईनान्स मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा बिजेताहरुलाई ट्रफी, पदक र प्रमाण पत्रको साथमा पहिलो दोश्रो र तेश्रोलाई क्रमश नगद पुरस्कार $ ३००५ , $ १५०५ र $ ५०५ को समेत ब्यवस्था गरिएको थियो। प्रतियोगिताको फाईनल खेल पछि सम्पुर्ण बिजयी खेलाडि, अफिसियल रेफ्री तथा शुभचिन्तक हरुलाई प्रमुख अथिति अजि फाईनन्सका प्रबन्बनिर्देशक बिष्णु हमाल लगाएत अन्य ब्यक्तीत्व हरुबाट पुरस्कार, प्रशंसा पत्र, ट्रफी पदक र मायाको चिनो प्रदान गरियो। अष्ट्रेलियन नेशनल स्पोर्ट्स क्लब लाकेम्बाको ईन्डोर कोर्टमा सम्पन्न यस प्रतियोगितामा दर्शकहरुको उपस्थिति अत्याधिक भएकोले सबैलाई ठाउ पुग्न समस्या भएको थियो।

सहभागी भलिबल प्रेमी दर्शकहरुले सिडनीमा हाल सम्म भएको भलिबल प्रतियोगिताहरु मध्ये यो नै पहिलो सभ्य र भब्य भएको प्रतिकृया दिएका छन। सहभागी खेलाडिहरुको खेल प्रदर्शन अत्यन्तै उत्कृष्ट हुनाले दर्शकहरुको हुटिंग पनि खेल अबधिभर हलनै गुन्जायमान रह्यो। खेलहरुको बीच बीचमा कलाकार हरुबाट नेपाली लोक सॉस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो जसले सम्पुर्ण सहभागीहरुलाई थप मनोरंजन पुराएको थियो। कार्यक्रमको अन्तमा आयोजक गोर्खा क्लबका अध्यक्ष दिपेन राईले सबैलाई धन्यबाद दिदै कुनै पनि बिवाद रहित पहिलो प्रयास मै यती सभ्य र भब्यताका साथ प्रतियोगिता सम्पन्न हुन सकेको हुदा खेलकुद र भलिबल क्षेत्रमा आफ्ने क्लब अझै अघि बढिरहने कुरा सबैलाई जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP