मंगलबार , अषोज २७, २०८३

काठमाडौँ: सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीचको वार्ता बिहीबार फेरि बस्ने गरी टुंगिएको छ ।

मंगलबारको वार्ता सकारात्मक रुपमा टुंगिएको बताइएको छ । संघर्ष समितिका मागपत्र बारे मंगलबार र बुधबार अध्ययन गर्ने र बिहीबार फेरि वार्तामा बस्ने गरी वार्ता टुंगिएको हो ।

यसअघि संघर्ष समितिले अघि सारेको १९ बुँदे मागमा केन्द्रित भएर सरकारी वार्ता टोलीसँग छलफल भएको थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीहरुले जनाएका छन् ।

गृह मन्त्रालयमा मंगलबार दिउँसो दुई पक्षबीच वार्ता भएको थियो । थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले मंगलबार बिहान पाँच सदस्यीय वार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता भएको हो ।

थाकसद्वारा गठित वार्ता टोलीको संयोजकमा पूर्व सांसद रुक्मिणी चौधरी छिन् । महामन्त्री प्रेमीलाल चौधरी, सांसद एवम् नेपाली काँग्रेसका नेता पद्मनारायण चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी र थारु विद्यार्थी समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरी वार्ता टोलीको सदस्यमा छन् ।

सरकारको पक्षबाट सोमबार नै गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP