मंगलबार , जेठ २१, २०८२

गुल्मी,पुस ३ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हाे ।

समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह-सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुँवर, सह-कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले बताए ।

अधिवेशनले खेलकुद बिभाग संयोजक सन्दीप जिसी, सांस्कृतिक संयोजक लालुमाया कुँँवर प्रवक्ता सदस्य धनेन्द्र कुँवर रहेका छन् । शनिबार सम्पन्न अधिवेशनको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले उदघाटन गरेका थिए ।

अधिवेशनको अवसरमा कलाकारहरु पुस्कल शर्मा, नारायण बिपी परियार, गणेश अधिकारी, उज्वल गिरी, रितु थापा, लालुमाया कुँवरलगायत आधा दर्जन बढी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

नयाँ नेतृत्वको २ वर्षको कार्यकाल हुनेछ  ।gulmi lok.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP