अष्ट्रेलिया । अष्ट्रेलियाको उत्तरी भागमा अवस्थित डार्विन सहरमा नेप्लिज एसोसिएशन अफ नर्दन टेरोटरी (NANT) मु्ख्य आयोजक रहेको दोश्रो मल्टीकल्चरल भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

डिसेम्बर महिनाको १६-१७ सम्म सन्चालित यस प्रतियोगितालाई एन आर एन ए एन टी र डार्विन भलिबल एसोसिएशनले आयोजनामा साथ दिएको थियो। पुरुष तर्फ ७ टिम र महिला तर्फ ३ टिम सहभागी रहेको यस प्रतियोगितामा ६ भन्दा बढी मुलुकबाट प्रतिनिधि खेलाडिहरुले बिभिन्न टिममा भाग लिएका थिए। नेपाललाई प्रतिनिधित्व गर्दै सहभागी भएका ४ टिम मध्ये हिमालयन मितेरी क्लबले फाईनलमा शेर ए पन्जाबलाई ३-० को सेझो सेटले हराई प्रथम हुन पुगे। त्यसैगरि महिलातर्फ टिम मोना लाई ४-१ ले पराजित गर्दै मिक्स्ड ब्यागले उपाधी जित्न सफल भयो। प्रतियोगिता लाई होर्न क़रीब १५० जना दर्शकहरु आएका थिए । खेल समापन पछि बिभिन्न आमन्त्रित ब्यक्तित्वहरुबाट बिजयी खेलाडिहरुलाई ट्रफी पदक र प्रशंसा पत्र बितरण गरियो भने रेफ्री अफिसियल टोली लाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरियो। अधिकांश खेलाडि हरु क्रिसमसको छुट्टी लिएर अन्यत्र घुम्न गईसेकाले यसपटक केही कम टिम सहभागी हुन गएकोले आगमी बर्ष यस प्रतियोगिता लाई नोभेम्बर महिनामा आयोजना गर्ने अधै बृहतरुपले सन्चालन गरिने कुरा आयोजकको भनाई छ।

यता न्यु साउथ वेल्स राज्यको राजधनी सहर सिड्नीमा डिसेम्बर महिनाको २३ र २४ गते दुई भिन्ना भिन्नै नेपाली भलिबल प्रतियोगिताहरु आयोजना गरिएको छ। यसरी लगातार एकै समुदाय भित्र प्रतियोगिता राख्दा सहभागी खेलाडि र अन्य पक्षलाई प्रतिकुल असर पर्ने हुदॉ नेपाल भलिबल एसोसिएशन अफ अष्ट्रेलियाले प्रतियोगिता हरुलाई मिति फरक पार्न पटक पटक अनुरोध गरेपनि आयोजक हरुको आफ्नै प्रबिधिक बाध्यताहरु रहेको भन्दै दुबै आयोजक ले खेलको मिति सार्न नसकिएको हो। डिसेम्बरमान२३ हुने भनिएको प्रतियोगिता म्याग्दी जलजला परिवार अष्ट्रेलियाको आयोजनामा हुदैछ। ALD Corporate मुख्य प्रायोज रहेको यस प्रतियोगितामा महिला पुरुष दुबै तर्फको खेलहरु समाबेश हुनेछन। अश्ट्रेलियाको नेपाली भलिबल मा हालसम्मकै सर्बाधिक नगद पुरुष्कार राशी राखिएको यस प्रतियोगिता मा पुरुष तर्फ प्रथम हुनेले $ ३१०५ र महिला टिमले $१००५ जित्नेछन भने दोश्रो हुनेलाई पुरुष र महिला टिमको लागि क्रमश: $१८०५ र ६०५ नगद पुरस्कार राखिएको छ। यस प्रतियोगितामा १२ वटा पुरुष टिम र ६ महिला टिमले नाम दर्ता गरिसकेका छन । सहभागी सम्पुर्ण टिमहरु सिडनीकै स्थानिय टिमहरु हुन। महिला र पुरुष दुवै तर्फका खेलहरु अवर्न बॉस्केटबल सेन्टर वाईटपार्क लिडकम मा सन्चालन गरिनेछ।

डिसेम्बर २४ मा द गोर्खा स्पोर्टस क्लबले पहिलो पटक अन्तराष्ट्रीय खुलापुरुष भलिबल प्रतियोगिता राख्दैछ। सुरुमा नेपाली समुदाय भन्दपनि बाहिराका टिमहरुलाई सहभागी गराउने भनिएपनि यसपटक नेपाली समुदायको टिमहरु बीच मात्र खेल हुने आयोजकको भनाई छ। आफ्नो क्लब को पहिलो एनिभर्सरी को अवसरमा यो प्रतियोगिता राखिएको कुरा क्लबका अध्यक्ष दिपेन थुलुंगले पुराखबरलाई बताए। अध्यक्ष थुलुंगका अनुसार यस प्रतियोगिता मा १४ टिम सहभागी रहने र सिडनी बाहेक अन्यत्रबाट पनि टिमहरु सहभागी रहनेछन । पहिलो पटककै आयोजनामा पनि पुरस्कार को धनराशी भने अत्याधिक नै छ। पहिलो दोश्रो र तेश्रो टिमले क्रमश $ ३००५ , १५०५ र ५०५ नगद सहित ट्रफी पदक र प्रमाणपत्र समेत पाउने छन। प्रतियोगितामा सहभागी खेलाडिहरुको मनोबल उच्च राख्न बिभिन्न बिधामा समेत नगद पुरस्कार $५० ले पुरुष्कृत गरिने छ भने सर्वोत्कृष्ट खेलाडिलाई $१०० ब्यवस्था गरिएको छ। AUSI FINANCE को मुल प्रायोजना हुने यो प्रतियोगिता सिडनी स्थित अष्ट्रेलियन नेशनल स्पोर्ट्स हल, लाकेम्बा मा सन्चालन हुनेछ। पुराखबर परिवार दुवै प्रतियोगिता को सफल्ताको कामना गर्दछ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP