सोमबार , अषोज २६, २०८३

काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा खेल बिहान सबा ११ बजे सुरु हुनेछ।  समूह चरणका दुई खेलमा लगातार हारेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र बांकी छ।  नेपालले आजको खेलमा भारतलाई ठूलो अन्तरले हराउँदै नेट रनरेट अघि रहन सके सेमिफाइनलमा पुग्न सक्नेछ। त्यसका लागि पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनु पर्नेछ।  समूह चरणमा एक खेलमा जित र एक खेल हारेको भारत नेपाललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन चाहन्छ।  अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तनसँग भने ८ विकेटले पराजित भएको थियो।  नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो।

समूह ए को अन्तिम खेलमा आजै पाकिस्तान र अफगानिस्तान आमनेसामने हुनेछन्। यो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ।  समूह ए मा लगातार दुई खेलमा जित निकालेको पाकिस्तान ४ अंकमा शीर्ष स्थानमा छ। भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ।  लगातार दुई खेलमा हार भोगेको नेपाल भने अंक विहीनरुपमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP