सोमबार , अषोज २६, २०८३

काठमाडौं ।नेपाली युवा टोलीले एसीसी यू १९ एसिया कपको पहिलो खेलमा आज (शुक्रबार) पाकिस्तानसँग खेल्दैछ।

यूएईको आइसीसी एकेडेमी ओभल २ मा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाली टोली पाकिस्तानलाई हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउने तयारीका साथ मैदान उत्रिने छ । एसिया  कपमा नेपालले अहिलेसम्म सेमिफाइनल चरण पार गर्न सकेको छैन। प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको नेपालका लागि यो विश्वकपको राम्रो तयारी हो। नेपालले आगामी जनवरी/फेब्रुअरीमा हुने विश्वकप खेल्दैछ । एसिया कपमा स्थान बनाउने टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन्।

अलराउन्डर र गुल्सन झा, बाँया हाते ब्याटर विपिन रावल, लेगस्पिनर तिलक राजभण्डारीले एसिया कपका लागि टोलीमा स्थान बनाएका हुन्। यी खेलाडीले एसियाकपका लागि स्थान बनाउँदा तीव्र गतिका बलर दुर्गेश गुप्ता, मिलन बोहोरा र दीपक बोहरा टोलीमा अटाउन सकेनन्। एसिया कपमा नेपालको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान छ। समूह बी मा यूएई, जापान, श्रीलंका र बंगलादेश छन्। एसिया कप मंसिर २२ देखि पुष १ गतेसम्म चल्नेछ।
नेपाली टोली  :  देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर) तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP