मंगलबार , बैसाख २९, २०८३

भक्तपुर। भक्तपुरवासीले ४४ लाख चन्दा रकम सहयोग संकलन गरी मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ एउटा मन्दिरको पुननिर्माण थालेका छन् । विशेष गरेर भक्तपुर नगरबासीले भक्तपुर नगरपालिका वडा नं ५ भीमसेनस्थानमा रहेको कुथु सुव्या दुगुद्य    (मन्दिर) पुनःनिर्माण लागि इष्टमेट भएको ४४ लाख रकम सहयोग चन्दा संकलन गरी मन्दिर पुननिर्माण सकाउने योजनाका साथ काम थालिएको हो ।

पहिलो चरणमा जीर्ण मन्दिरको छानामा रहेको पोल अपा (झिंगटी इटा) झिकेर मन्दिर भत्काउन सुरु भएको हो । साइट देखाएर सोअनुसार मन्दिर भत्काउने कामको औपचारिक सुरुवात गर्न भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी मन्दिरस्थल पुगेकी थिइन् । उपमेयरको उपस्थितिमा स्थानीयबासीहरु सहभागी भएर यहाँं मन्दिर भत्काउने काम सुरु भएको छ ।

मदिर एकतल्ले मात्रै छ । मन्दिर २०७२ सालको महाभूकम्पले जीर्ण बनेको थियो । मन्दिरको उतरक्षेत्रमा जग भासिन गई अहिले मन्दिर असन्तुलनमा छ । साथै माथि छानामा पनि सवै झिंगतीहरु झरेर विग्रिसकेको छ । साथसाथै पुरानो मन्दिर सवैतिर जीर्ण जस्तै भइसकेको छ । मन्दिर पूर्ण रुपमा ध्वस्त भने भएको छैन ।

मन्दिर पुनर्निर्माणका लागि भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका विष्णु मारिखूको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिका उपाध्यक्ष विश्वराम कवांका अनुसार मन्दिर पुनर्निर्माणको लागि करिब ४४ लाखको लागत इष्टमेट भएको छ । यो सवै रकम सहयोग जुटाई मन्दिर पुननिर्माण गर्ने योजना अनुसार काम अगाडि बढाइएको उनले बताए । यसकारण मन्दिर पुनर्निर्माणमा सक्नेहरुले सकेको आर्थिक, भौतिक, नैतिक सहयोग गर्न उनले सबैसँंग अनुरोध गरे । यसका लागि नगद तथा जिन्सी सहयोग गर्न सकिने उनले बताए ।

पहिलो चरणमा मन्दिर भत्काउने काम सुरु भएको उनले जनाए । त्यसपछि अपौचारिक रुपमा जग हालेर काम सुरु गर्ने योाजना रहेको उनले जनाए । मन्दिरको पुननिर्माण कार्य चैतभित्र सकाउने योजना राखिएको छ ।

यो मन्दिर भक्तपुरको विस्का जात्रामा लिंगो उठाउने भेलुखेल नजिकै छ । भक्तपुरको चुपिंघाटको पश्चित क्षेत्रमा पर्ने यो मन्दिर झण्डै १०/१५ रोपनीको सार्वजनिक जग्गाकोवीचमा रहेको छ । मन्दिरको वरिपरि भीमसेन देवता, ती मन्दिरहरुभित्र पस्ने आकर्षक दुईवटा कलात्मक शैलिका प्रवेशद्धार, सार्वजनिक पाटी, सामूहिक भवन, भोज खुवाउनका लागि बनाइएको वन्दोवस्तसहितको भवनलगायतका छन् । यो सार्वजनिक क्षेत्रमा भएका झण्डै एक दर्जन भौतिक संरचनाहरु पनि यसरी नै करोडौको आथिक सहयोग चन्दा संकलन गरी यसअघि नै बनेका थिए ।

युवा इतिहासविद् ओम धौभडेलका अनुसार भक्तपुरको यो मन्दिर प्रख्यात भएर पनि चर्चामा नआएको मन्दिर हो । यो मन्दिरमा पूजा गर्न देश विदेशका मानिसहरु आउने उनले सुनाए । मन्दिरमा विशेष गरेर नेवार समुदायको देवाली पूजाका महिनाहरुमा विशेष पूजा गर्न आउनेहरु हुन्छन् । यो भनेको प्रत्येक वर्ष चैतदेखि सिथिनखा पर्वसम्मको केही महिना हो । यी महिनाहरुको प्रत्येक आइतबार र विहीबार गरी हप्तामा दुईदिन यो मन्दिरमा आइ देवाली पूजा गर्न आउनेहरुको भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP