शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं उपत्यकामा आजबाट मेलम्चीको खानेपानी वितरण हुँदै छ । सरकारले आज काठमाडौंका चार स्थानबाट मेलम्ची खानेपानीे औपचारिक रूपमा वितरण गर्दै छ ।

२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको ३ दशकपछि उपत्यकावासीले मेलम्चीको खानेपानी भित्र्याउने भएका छन् ।

आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट पानी वितरण गरिने छ ।

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज जम्मा करीब ४ करोड लिटर पानी वितरण गर्ने तयारी छ ।

काठमाडौंका यी स्थानमा पानी वितरण गर्न सुन्दरीजलबाट दैनिक करीब ४ करोड लिटर पानी आउने छ । मंगलवारबाट साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीवारबाट भने दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने बताए ।

काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार छन् । एउटा प्लान्ट परीक्षण हुनै बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी आउने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP