शुक्रबार , भाद्र १२, २०८३

एजेन्सी । म्यानमारमा शनिबार भएको प्रदर्शनकारी र सुरक्षाफौजबीचको झडपमा कम्तिमा ८९ जना प्रदर्शनकारीको मृत्यु भएको छ । त्यहाँको राजनीतिक कैदीहरूका लागि सहयोगी संस्था (एएपीपी)का अनुसार शनिबार साँझको रिपोर्टअनुसार एकैदिन ८९ जना प्रदर्शनकारीहरूको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बालबालिका समेत रहेका छन् । शसस्त्र बल दिवसका दिन प्रदर्शनकारी र सुरक्षाफौजबीच भीषण झडप भएको बीबीसीले जनाएको छ । अमेरिका, ब्रिटेन र युरोपियन युनियनले उक्त हिंसाको भर्त्सना गरेका छन् ।

बेलायतका राजदूत डान चागले विज्ञप्ति जारी गर्दै भनेका छन् ‘निशस्त्र जनतालाई गोली हानेर म्यानमारको सुरक्षा फौजले आफ्नो प्रतिष्ठा गुमाइसकेको छ ।’ त्यस्तै अमेरिकी राजदूतावासले पनि त्यहाँको सुरक्षाफौजले ‘निशस्त्र नागरिकहरुलाई’ मारिरहेको आरोप लगाएको छ ।

म्यानमारको सेना प्रमुख मीन आङ लाङले शनिबारै राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रजातन्त्रको रक्षा गर्ने बताएका थिए र निर्वाचन हुने आश्वासन समेत दिएका थिए । यद्यपि, निर्वाचन कहिले गर्ने भन्ने विषयमा भने उनले खुलाएका छैनन् । गत फेब्रुअरीमा त्यहाँ सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोधमा त्यहाँ दैनिक प्रदर्शन हुँदै आएको छ । त्यसयता भएका हिंस्रक झडपमा ४ सय बढी प्रदर्शनकारीहरूको ज्यान गैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 126 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP