आइतबार , जेठ १२, २०८२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना लागि पार्टीको ढोका बन्द भएको बताएका छन्। बृहत् नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले भने, ’तपाईंहरूलाई पार्टीको कुरा पार्टीमा भन्दा भइहाल्यो नि भन्ने लागेको होला। तर पार्टीको ढोका बन्द गरिएको छ। पार्टीभित्र लोकतन्त्र नहुँदा म चिन्तित छु। तर कठोर निर्णयका लागि, चुनौती सामना गर्न तयार छु।’

सर्वोच्च अदालतले आफूलाई नेकपाबाट घोक्र्याएर एमालेमा पठाइदिएको उनले बताए। सर्वोच्चले बडो विचित्रको फैसला गरेको बताए। पार्टीको कुरा डबलीमा भन्न मलाई गाह्रो छ। त्यहाँबाट पनि घोक्र्याएर निकालिएला। तर डराउने मान्छे होइन माधव नेपाल,’ नेता नेपालले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

जनप्रदर्शनमा डेढ लाखभन्दा बढी मानिस उतार्ने मोर्चाको तयारी, १४ वटा नारा पनि तय


TOP
सोमंबुबिशु