सोमबार , अषोज २६, २०८३

काठमाडौं । विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैठौं पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । घरेलु भूमिमा १२ वर्षपछि उपाधि जित्ने भारतको सपना चकनाचुर भयो ।  नरेन्द्र मोदी स्टेडियम अहमदावादमा भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले मात्र चार विकेट गुमाएर ४३ ओभरमा पुरा गर्यो । खराब शुरुवात गरेको कंगारु टोलीका लागि   ट्राभिस हेडले शतकीय पालि खेल्दै उपाधि जिताए । उनलाई मार्नस लाबुसेनले राम्रो साथ दिए ।

Travis-Head.jpeg

यो जोडीले चौथो विकेटका लागि १९२ रनको साझेदारी गर्यो ।  ट्राभिस हेड १२० बलमा १३७ रन बनाएर आउट भए । लाबुसेन ५८ र ग्लेन म्याक्सवेल २ रनमा नटआउट रहे । ४७ रनमा तीन विकेट गुमाएर संकटमा परेको अस्ट्रेलियालाई ट्राभिस हेडले सम्हाले । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिए । अरु बलर विकेट विहीन रहे ।
नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट हुँदै प्रतिपर्धात्मक लक्ष्य दिएको हो ।

भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन्। रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए ।
रोहित शर्माले भारतलाई राम्रो शु्रुवात दिलाएका थिए । त्यसकै बलमा भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनि तेस्रो विकेटको पतनपछि उसले खेलमा संघर्ष गर्नुपर्यो । भारतले १० ओभरपछि अर्को बाउन्डी ९७ बलपछि प्रहार गरेको थियो ।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP