मंगलबार , अषोज २७, २०८३

शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ ।

जल तथा मौसमविद ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदुषण भएको हो ।

पानी पर्नका लागि न्युन चाप भएको हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए । ‘अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ, भारतको उत्तदरप्रदेश, विहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उनले भने ।

हिजोआज ४०० भन्दा बढी वन डढेलोको घटना भएको र त्यहाँबाट उडाएको धुवाँले गर्दा वायु प्रदुषण भएको दाहालले बताए ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुबिक्रम जोशीले पनि डढेलो र अरु प्रदुषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । ‘डढलो लागेर हो कि भन्ने अनुमान छ’ उनले भने, ‘अहिले हावा पनि चलेको छैन, हावा चलेमा प्रदुषण कम हुनसक्छ ।’

काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।

यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्‍यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम विग्रिएको अनुमान गरेको छ । ‘धुलोका कणहरु त केही दिनदेखि वायुमण्डलमा थिए, अहिले डढेलोका कारण भिजिविलिटी कम भएको अनुमान गरेका छौं,’ मौसमविद राजु प्रधानांगले भने ‘यसबारे हमी कन्फर्म हुन सकेका छैनौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP