सोमबार , जेठ २७, २०८२

मेलबर्न । भिक्टोरिया राज्यमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू शुक्रवारबाट थप खुकुलो भएको छ ।

कार्यवाहक प्रिमियर जेम्स मेलिनोका अनुसार मार्च २६ शुक्रवार आज साँझबाट ६ बजेदेखि लागू भएका छन् । जस अन्तर्गत मानिसहरू किनमेल गर्न जाँदा, अनिवार्य रूपमा मास्क लगाउनु पर्ने छैन।

तर, सार्वजनिक यातायात, ट्याक्सी र उबर जस्ता अन्य सवारीहरूबाट यात्रा गर्दा र एज्ड केयर र अस्पताल जस्ता स्थानमा भने मास्कको प्रयोग अझै अनिवार्य रूपमा गर्नुपर्नेछ।

यसै गरी, भिक्टोरियावासीहरूले आफ्नो घरमा १०० जनासम्म पाहुनाहरूलाई आमन्त्रित गर्न सक्नेछन्। खुल्ला सार्वजनिक स्थानमा हुने जमघटमा भने २०० जनासम्मले भाग लिन पाउने छन्। क्यासिनो, नाइट क्लब र क्यारेओके जस्ता मनोरञ्जनात्मक कार्यक्रम आयोजना स्थलहरूमा प्रति चार वर्ग मिटरमा एक जनामा सीमित प्रतिबन्धलाई प्रति दुई वर्ग मिटरमा एक जना हुने गरी खुकुलो पारिएको पनि उनले बताए।

मेलबर्न सहरमा रहेका सरकारी कार्यालय तथा निजी कम्पनीहरूमा पनि प्रति दुई वर्ग मिटरमा एक जना हुनुपर्ने नियम लागू रहने बताइएको छ।

भिक्टोरियाली सरकारी सेवामा रहेका कर्मचारीहरूको हकमा भने उनीहरूले हप्ताको तीन दिन कार्यालय जानै पर्ने व्यवस्था गरिएको पनि कार्यवाहक प्रिमियर जेम्स मेलिनोले जानकारी दिए।

यसैवीच अप्रिल ८ पछि भिक्टोरियाले अन्तर्राष्ट्रिय उडान पुनःशुरु गर्नै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP