मंगलबार , अषोज २७, २०८३

मेलबर्न । भिक्टोरिया राज्यमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धहरू शुक्रवारबाट थप खुकुलो भएको छ ।

कार्यवाहक प्रिमियर जेम्स मेलिनोका अनुसार मार्च २६ शुक्रवार आज साँझबाट ६ बजेदेखि लागू भएका छन् । जस अन्तर्गत मानिसहरू किनमेल गर्न जाँदा, अनिवार्य रूपमा मास्क लगाउनु पर्ने छैन।

तर, सार्वजनिक यातायात, ट्याक्सी र उबर जस्ता अन्य सवारीहरूबाट यात्रा गर्दा र एज्ड केयर र अस्पताल जस्ता स्थानमा भने मास्कको प्रयोग अझै अनिवार्य रूपमा गर्नुपर्नेछ।

यसै गरी, भिक्टोरियावासीहरूले आफ्नो घरमा १०० जनासम्म पाहुनाहरूलाई आमन्त्रित गर्न सक्नेछन्। खुल्ला सार्वजनिक स्थानमा हुने जमघटमा भने २०० जनासम्मले भाग लिन पाउने छन्। क्यासिनो, नाइट क्लब र क्यारेओके जस्ता मनोरञ्जनात्मक कार्यक्रम आयोजना स्थलहरूमा प्रति चार वर्ग मिटरमा एक जनामा सीमित प्रतिबन्धलाई प्रति दुई वर्ग मिटरमा एक जना हुने गरी खुकुलो पारिएको पनि उनले बताए।

मेलबर्न सहरमा रहेका सरकारी कार्यालय तथा निजी कम्पनीहरूमा पनि प्रति दुई वर्ग मिटरमा एक जना हुनुपर्ने नियम लागू रहने बताइएको छ।

भिक्टोरियाली सरकारी सेवामा रहेका कर्मचारीहरूको हकमा भने उनीहरूले हप्ताको तीन दिन कार्यालय जानै पर्ने व्यवस्था गरिएको पनि कार्यवाहक प्रिमियर जेम्स मेलिनोले जानकारी दिए।

यसैवीच अप्रिल ८ पछि भिक्टोरियाले अन्तर्राष्ट्रिय उडान पुनःशुरु गर्नै भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP