मंगलबार , अषोज २७, २०८३

काठमाडौं। विप्लव नेतृत्वको नेकपा ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई प्रहरीले पक्राउ गरेको छ। लिम्बुलाई बिहीबार साँझ ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेको समयमा पक्राउ गरिएको विप्लवका मेचीकाली ब्यूरो इञ्चार्ज प्रकाशले बताए।

सरकारसँग सहमति भइसकेपछि पनि आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आपत्ति जनाएको छ। सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति उल्लंघन गर्दै ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार भन्दै विप्लव नेकपाको मेची–कोशी ब्यूरोले विज्ञप्ति निकालेर विरोध जनाएको हो।

विप्लव नेकपाको मेची–कोशी ब्यूरोले तत्काल रिहाइको माग गर्दै विज्ञप्ति निकालेर विरोध जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘एकातर्फ जेलका बन्दीहरुलाई समयमै रिहा गर्न नसकेको बताइरहेको सरकारले यसरी हाम्रो पार्टीका कमरेडहरुलाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था सरकार स्वयंले पैदा गरेको छ।’

उनलाई पक्राउ गर्नुले सहमतिप्रति सरकारको इमानदारितामा प्रश्न उठेको विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टी प्रतिबन्धकै अवस्थामा रहँदा लिम्बुमाथि लागेको हातहतियार, खरखजना मुद्दाको शिलशिलामा पक्राउ गरिएको प्रहरीले जानकारी जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP