मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे ।

बुटवलमा राज्य टेलिभिजनले गरेको कार्यक्रममा उनले भने ‘लामो समय मौन बसेर हुन्न, संविधान रक्षा गर्न कोसंग हातेमालो गर्ने कोसंग संघर्ष गर्ने भन्ने निर्क्यौल निर्णय गर्नैपर्छ ।’

नेता खाँडले मुलुकको पछिल्लो राजनीतिक अवस्था जनताले चाहे भन्दा धेरै पृथक भएकाले समयमै निकास दिन नसके ठूलो निराशा र विद्रोह हुनसक्ने तर्क गरे ।

अहिलेको सरकार विस्थापन गरी नयाँ सरकारको नेतृत्व गर्न नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले यस विषयमा निर्णय गर्न सकेको छैन ।

यसै सन्दर्भमा नेता खाँडले वर्तमान सरकारले संविधानमाथि प्रहार गरिरहेको भन्दै संविधानको रक्षा र पालना गर्ने दलहरुसंगसहकार्य गर्ने बताए । उनले कोसँग सत्ता सहकार्य गर्ने भन्ने बारेमा कांग्रेसले छिट्टै निर्णय लिने पनि बताए ।

वर्तमान सरकार बनेकै दिनदेखि संविधान, लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानव अधिकारमाथि प्रहार सुरु भएको भन्दै खाँडले आफैंले विघटन गरेको संसद सर्वोच्चले पुनःस्थापना गरेपछि प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा रहने नैतिकता नभएको तर्क गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP