आइतबार , बैसाख ७, २०८२

नेकपा एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ।

सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि खनाल-नेपाल समूह अध्यक्ष केपी ओलीको विरोधमा आन्दोलित छन्।

यसैबीच आजको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएका थिए। जवाफमा नेपालले आफूहरूको समर्थन रहनेबारे अवगत गराएका थिए।

केही दिनअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलपछि कानुन व्यवसायीले माओवादी केन्द्रलाई मुद्दा पुनरावलोकन गर्न सुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP