मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ।

सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि खनाल-नेपाल समूह अध्यक्ष केपी ओलीको विरोधमा आन्दोलित छन्।

यसैबीच आजको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएका थिए। जवाफमा नेपालले आफूहरूको समर्थन रहनेबारे अवगत गराएका थिए।

केही दिनअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलपछि कानुन व्यवसायीले माओवादी केन्द्रलाई मुद्दा पुनरावलोकन गर्न सुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP