शुक्रबार , भाद्र १२, २०८३

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ ।

तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा सदनमा होली खेल्न पुगे ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार नै सार्वजनिक स्थानमा भिडभाड नगर्न गर अटेर गरे संक्रमण रोग निवारण ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । तर बुधबार उद्योगीसँग होली खेल्न पुगेका मुख्यमन्त्री राई बिहीबार विराटनगरका व्यापारीहरुको संगठन विराट व्यापार संघले आयोजना गरेको होली सुभकामना आदान प्रदान कार्यक्रममा सहभागि भएका हुन् । मुख्यमन्त्रीसँगै प्रदेश सरसकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत पनि होली खेल्न पुगेका थिए ।

संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोनको जोखिम बढेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन, भिडभाड नगरी घरभित्रै बसेर होली मनाउन आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिले होलीमा भिडभाड नगर्न आग्रह गर्दै अटेर गरे कारवाही गर्ने चेतावनी दिएको थियो । प्रशासनले सर्वसाधारणलाई आग्रह गरिरहँदा मुख्यमन्त्री राई भने मानेका छैनन् ।

‘मुख्यमन्त्री नै होलीको सार्वजनिक कार्यक्रममा सहभागि भएपछि सर्वसाधारणलाई आग्रह गर्दा नैतिक संकट पर्‍यो,’ जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ,‘ जोखिम बढेका बेला भिडभाड गर्न हुदैन् ।’

सुरक्षा समितिको बैठक र सीसीएमसीको निर्णय अनुसार प्रहरीले बजारमा माइकिङ गर्दै सार्वजनिक रुपमा होली नखेल्न आग्रह गरिरहेको छ । पछिल्लो एकसातामा विराटनगरमा मात्रै १८ जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितको ट्राभल हिस्ट्री भारतसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP