शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ।

भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीचको बैठकमा  रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो। बागमती प्रदेश सरकारको ७० प्रतिशत तथा भरतपुर महानगरपालिकाको ३० प्रतिशशत लगानीमा रंगशाला निर्माण गर्ने सहमती भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

मंगलबार बागमती प्रदेश सरकार भरतपुर महानगरपालिकाले उक्त रंगशालालाई निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी स्वरुप बसेको बैठकले सहमतीमा हस्ताक्षर गरेका छन् ।
बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ।

बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने बताइएको छ। यस अघि रंगशाला निर्माणका लागि ५७ करोड रुपैंया बरावरको काम सम्पन्न भैसकेको छ। महानगरपालिकाले तयार पारेको लागत प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान छ।

चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । तयसपछि यो रंगशाला अलपत्र बनको थियो ।

Gautam-Buddha-stadium-.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP