सोमबार , अषोज २६, २०८३

रोम । इटालीमा हालै ३० हजार भन्दा बढी पुरातात्विक महत्वका सिक्काहरु भेटिएका छन् । ईस्वी चौथो शताब्दीका ३० हजार बढी ठूला तामाका सिक्काहरू इटालीको सार्डिनियाको तटमा फेला परेका हुन । एउटा डुबेको जहाजको अध्ययन गर्ने क्रममा हजारौंको संख्यामा सिक्काहरु फेला परेका हुन, जो इटालियन संस्कृतिलाई देखाउन र अझै बढी बुझन सजिलो हुने भएको छ ।

‘गोताखोरले अर्जाचेना सहर नजिकै उथले पानीमा केही धातुका अवशेषहरू देखे,’ इटालीको संस्कृति मन्त्रालयले भनेको छ, ‘यी रोमन काँसा अर्थात तामाका सिक्का पनि पछि बाइजान्टिन मुद्राको रूपमा प्रयोग गरिएको थियो ।’ यसरी फेला परेका सिक्काको कुल संख्या ३० हजारदेखि ५० हजारसम्म रहेको मन्त्रालयले जनाएको छ । यो सन् २०१३ मा युनाइटेड किंगडमको सिटनमा फेला परेको २२,८८८ फोलिस होर्डभन्दा बढी रहेको जनाईएको छ ।

प्राप्त गरिएका सबै सिक्काहरू संरक्षण गरिएको छ र यी तामा सिक्काहरुलाई दुर्लभको सुचीमा राखिएको छ । केवल केही अक्षर मात्रै क्षतिग्रस्त तर धेरैजसो अझै पनि पढ्न योग्य छन्। समाचार अनुसार यसरी फेला परेका सिक्काहरू ३२४ देखि ३४० ईस्वी सम्मको हो र रोमन साम्राज्यमा टकसालहरूले यसलाई उत्पादन गरेका थिए।

‘अर्जाचेनाको पानीमा भेटिएको खजानाले हालैका वर्षहरूमा न्यूमिमेटिक खोजहरूको सबैभन्दा महत्त्वपूर्ण आविष्कारहरूको प्रतिनिधित्व गर्दछ,’ ला रोकाले भने, ‘यस क्षेत्रमा असाधारण सम्पदा छ तर यो क्रमशः धेरै कमजोर अवस्थामा रहेको छ, निरन्तरको प्राकृतिक घटना र मानव कार्यद्वारा यी स्थलहरुलाई क्रमशः कमजोर बनाउँदै लगेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP