
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन्।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरम बिहान ११ बजेदेखि खेल सुरु हुनेछ। सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले हराउँदै उपाधि भीडन्त पक्का गरेका हुन् । यसअघि नै सेमिफाइनलका खेल जित्दै दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा छनौट भैससकेको छ ।
यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो। नेपाल आजको खेलमा त्यो हारको बदला लिदै घरेलु मैदानमा उपाधि राख्न चाहान्छ। उता ओमान भने नेपालविरुद्ध पहिलो खेलकै नतिजा दोहोराउने योजनामा हुनेछ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले सेमिफाइनल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्न सक्नेछन्। चोटका बावजुद पनि सेमिफाइनल खेलेका दिपेन्द्र सिंह ऐरि आजको खेलमा टोली बाहिर रहने सम्भावना छ।