मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाल १० वर्षपछि टी २० विश्वकप क्रिकेटमा छनौट भएको छ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेसँगै नेपाल अर्को वर्ष हुने विश्वकपका लागि छनौट भएको हो । प्रतियोगिताको सेमिफाईनलमा यूएइलाई नेपालले आठ विकेटले हराउँदै नेपाल नेपाल १० वर्षपछि विश्वकपका लागि छनौट भयो ।

नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो।तर त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन थिएन । तर यसपटक भने नेपाल सफल भयो ।

मूलपानीमा जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७। १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ र आसिफ शेख ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ८ बलमा २ चौकासहित ११ रन बनाए । तर दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे।  गुलशन २२ रनमा  आउट भए । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीको हार टार्न पर्याप्त भएन ।  नेपालका लागि कुशल मल्लले तीन, सन्दीप लामिछानले दुई, सोमपाल कामी र रोहित पौडेल एक एक विकेट लिए । करण केसी, गुल्सन झा र अभिनाश बोहरा विकेट विहीन रहे । अभिनाश महंगा सावित भए । उनले ३ ओभरमा ३६ रन दिए । यो प्रतियोगिताको फाईनलमा नेपालले ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP