
काठमाडौं । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग निश्चित भएको हो ।
समूह विजेता बन्न ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ४० रन मात्रै बनाउन सक्यो । समूह एमा नेपाल समूह उपविजेता बन्दा समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हराउँदै विजेता बन्यो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित भयो ।
१७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा सीमित भयो ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो । अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका हुनेछ ।