मंगलबार , अषोज २७, २०८३

काठमाडौं । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्ने  भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग निश्चित भएको हो ।

समूह विजेता बन्न ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको  नेपालले १ सय ४० रन मात्रै बनाउन सक्यो । समूह एमा नेपाल समूह उपविजेता बन्दा समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हराउँदै विजेता बन्यो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित भयो ।

१७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा सीमित भयो ।

एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो । अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP