शनिबार , बैसाख ६, २०८२

काठमाडौं । आयोजक टोली नेपालले मंगलबार आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।

घरेलु टोली नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले हारेको थियो ।

मलेसियाविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहनेछन्। सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि दिपेन्द्रले आजको खेल गुमाउनेछन्।

सिंगापुरविरुद्धको खेल अघि नै घाइते भएपछि उनको स्थान विवेक यादवले लिएका थिए। उनको स्थानमा आज पनि विवेकले नै मौका पाउन सक्नेछन्। दीपेन्द्रले विश्वकप छनौट गुमाउने उच्च सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP