शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । आयोजक टोली नेपालले मंगलबार आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।

घरेलु टोली नेपाल लगातार दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले हारेको थियो ।

मलेसियाविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहनेछन्। सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि दिपेन्द्रले आजको खेल गुमाउनेछन्।

सिंगापुरविरुद्धको खेल अघि नै घाइते भएपछि उनको स्थान विवेक यादवले लिएका थिए। उनको स्थानमा आज पनि विवेकले नै मौका पाउन सक्नेछन्। दीपेन्द्रले विश्वकप छनौट गुमाउने उच्च सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP