राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनबाट सबै दललाई बाईबाई गर्ने उद्घोष गरेका छन् । आज (शनिबार) ललितपुरमा आयोजित पार्टीको वृहत भेलालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा अरु दललाई एक सिट पनि जित्न नदिने उद्घोष गरेका हुन् ।

‘आउने चुनावमा कुनै दललाई एक सिट पनि जित्न दिँदैनौं । ‘हाम्रो आँखैअगाडि नयाँ दलका रुपमा २१ जना सांसद सदनमा आएका छन् । स्थानीय तहमा एक से एक होनहार मानिस आएका छन्,’– उनले भने ।

सरकारमा रहेका दलहरुले संविधान दिवसकै दिन मान्छे काट्नेलाई आममाफी दिएर के गर्न सक्छौं? भनेर ठाडो चुनौति दिएको उनले बताए ।

सरकारमा रहेका दलहरुले भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेको उनको आरोप छ । सरकारले गरेको नराम्रा कामविरुद्ध चर्को आवाजमा विरोध गर्न सुझाव आएको उल्लेख गर्दै उनले अब दवाब दिने नभएर ०८४ सालमा एकै पटक सबै दललाई बाईबाई गर्ने तयारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP