शुक्रबार , भाद्र १२, २०८३

हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ महिलाले लुगा लगाउँदैनन्।

त्यो गाउँका महिलाहरूले वर्षमा ५ दिन लुगा लगाउँदैनन्।

भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाको पिनी नामक गाउँमा शताब्दीयौंदेखि नै यो परम्परा चलिआएको छ। जस परम्पराअन्तर्गत महिलाले वर्षमा ५ दिनसम्म लुगा लगाउँदैनन्।

त्यो पाँच दिन सो गाउँमा बाहिरका मानिस आउन पाउँदैनन्। सो प्रथा शताब्दीयौंदेखि चलिआएको हो र त्यहाँका स्थानीयहरूले कडाईका साथ पालना गर्छन्।

त्यो पाँच दिन महिलाहरू घरबाट बाहिर ननिस्केर घरमा नै बस्छन्। सो समयमा महिला मात्र होइन पुरुषले पनि केही नियम पालना गर्छन्। त्यो बेला उनीहरू रक्सी र मांसाहारी खाना खाँदैनन्। त्यतिमात्र नभएर त्यो पाँच दिन श्रीमान्–श्रीमती एकअर्कासँग कुरा पनि गर्दैनन्।

त्यहाँका स्थानीयहरूका अनुसार सो परम्परा पालना नगरे महिलालाई नराम्रो हुन्छ भन्ने विश्वास रहेको छ। त्यो बेलामा श्रीमान् श्रीमती एकअर्कालाई देखेर हाँस्न पनि सक्दैनन्।

यो परम्परा पुरुषले पनि पालना गर्नु अनिवार्य छ। त्यहाँका स्थानीयहरूका अनुसार यदि कुनै पुरुषले यो परम्परा पालना नगरेमा देवताहरू क्रोधित हुन्छन् र ती व्यक्तिलाई केही नराम्रो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP