मंगलबार , असार २३, २०८३

पाल्पा — सदरमुकाम तानसेन बजारनजिकैको वनदेवी, होलाङ्दी, श्रीनगरडाँडा वनक्षेत्रमा बुधबार बेलुकीदेखि भीषण डढेलो लागेको छ । डढेलोले होलाङदीको वन कार्यालय क्षेत्र, तालिम हल, नर्सरी, अप्पुभिलेज, श्रीनगर गणेश, भुसालडाँडा क्षेत्रमा रातभर डढेलो लागेको हो ।

डिभिजन वन कार्यालयका रेन्जर यमलाल पोखरेलका अनुसार बुधबार बेलुकी नै वन कर्मचारी, सेना, प्रहरी र नगरपालिकाको दमकल डढेलो लागेको क्षेत्रमा पठाइएका थिए । श्रीनगर डाँडामा चण्डी सामुदायिक वन हुँदै आगो सल्किएको थियो । बिहीबार बिहान गणेश सामुदायिक वन क्षेत्रमा डढेलो सल्किएको छ ।

पोखरेलका अनुसार प्रहरी रातभर वनछेउका घर जोगाउन सक्रिय भएको छ । नगरपालिकाको दमकल तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । होलाङदीको वनदेवी क्षेत्र, अप्पुभिलेजमा पनि रातभर डढेलो लागेको स्थानीय कृष्ण कार्कीले जानकारी दिए ।

देउराली सामुदायिक वनमा डढेलो कसले लगायो भन्ने थाहा हुन नसकेको डिभिजन वनले जनाएको छ । श्रीनगरडाँडा र वनदेवी क्षेत्रमा सल्लाको जंगल छ । आगो निभाउन भन्दा पनि घरछेउ आए जोगाउने प्रयासबाहेक अन्य उपाय नभएको प्रहरीले जनाएको छ ।

जिल्लाका चुरे तथा अन्य वनक्षेत्रमा दिनहुँ आगलागी हुने गरेको छ । खडेरी मौसम र रूखका पात झरेकाले जानेर वा नजानेर आगलागी हुने गरेको छ । वनमा आगलागी हुँदा जडीबुटी, वृक्षरोपण गरिएको बिरुवा जोगाउन मुस्किल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP