मंगलबार , जेठ २१, २०८२

रिलिजको पाँचौ दिनमा आइपुग्दा पनि फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापारिक रफ्तारमा कमी आएको छैन । कार्तिकको ४ गते अर्थात फूलपातिबाट रिलिजमा आएको यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापारलाई कायमै राखेको छ ।

मंगलबार दशैंको टिकाको दिनमा मध्यान्न १२ बजेबाट फिल्मको शो राखिएको थियो । यो फिल्मले टिकाको दिनमा पनि व्यापारिक रफ्तारलाई बलियो रुपमा अगाडि बढाएको थियो ।

आज फिल्म रिलिज भएको पाँचौ दिन भएको छ । आज पनि फिल्मको व्यापार आक्रामक छ । विशेषगरि, समीक्षकबाट फिल्मले तारिफ पाएपछि दर्शकहरुमा पनि यो फिल्मप्रति भरोसा अझै बढेको छ । जसको प्रभाव बक्स अफिसमा देखिएको छ ।

फिल्मको निर्माणपक्षले पहिलो दिनमा फिल्मले २ करोड ४० लाखको कमाई गरेको आँकडा सार्वजनिक गरेको थियो । यसपछि भने फिल्मको व्यापारिक आँकडा सार्वजनिक गरिएको छैन ।

तर, आज बुधबारसम्म आइपुग्दा पनि हलमा दर्शकको चाप सुखद रहेकाले फिल्मले पनि व्यापारमा एउटै रफ्तार कायम गरिरहेको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्मलाई खगेन्द्र लामिछानेले लेखन तथा निर्माण गरेका हुन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले पशुपति परिसरमा भष्मे डनको यात्रा, कसरी उसको जीवनमा परिवर्तन आउँछ भन्ने कथालाई प्रस्तुत गरेको छ । फिल्मको क्लाइमेक्समा राखिएको सस्पेन्स पाटोले फिल्मप्रति दर्शकको उत्साह अझै बढेको छ भने तेश्रो श्रृङ्खलाको माग पनि दर्शकले गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP