मंगलबार , असार २३, २०८३

रिलिजको पाँचौ दिनमा आइपुग्दा पनि फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को व्यापारिक रफ्तारमा कमी आएको छैन । कार्तिकको ४ गते अर्थात फूलपातिबाट रिलिजमा आएको यो फिल्मले बक्स अफिसमा बिष्फोटक व्यापारलाई कायमै राखेको छ ।

मंगलबार दशैंको टिकाको दिनमा मध्यान्न १२ बजेबाट फिल्मको शो राखिएको थियो । यो फिल्मले टिकाको दिनमा पनि व्यापारिक रफ्तारलाई बलियो रुपमा अगाडि बढाएको थियो ।

आज फिल्म रिलिज भएको पाँचौ दिन भएको छ । आज पनि फिल्मको व्यापार आक्रामक छ । विशेषगरि, समीक्षकबाट फिल्मले तारिफ पाएपछि दर्शकहरुमा पनि यो फिल्मप्रति भरोसा अझै बढेको छ । जसको प्रभाव बक्स अफिसमा देखिएको छ ।

फिल्मको निर्माणपक्षले पहिलो दिनमा फिल्मले २ करोड ४० लाखको कमाई गरेको आँकडा सार्वजनिक गरेको थियो । यसपछि भने फिल्मको व्यापारिक आँकडा सार्वजनिक गरिएको छैन ।

तर, आज बुधबारसम्म आइपुग्दा पनि हलमा दर्शकको चाप सुखद रहेकाले फिल्मले पनि व्यापारमा एउटै रफ्तार कायम गरिरहेको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्मलाई खगेन्द्र लामिछानेले लेखन तथा निर्माण गरेका हुन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले पशुपति परिसरमा भष्मे डनको यात्रा, कसरी उसको जीवनमा परिवर्तन आउँछ भन्ने कथालाई प्रस्तुत गरेको छ । फिल्मको क्लाइमेक्समा राखिएको सस्पेन्स पाटोले फिल्मप्रति दर्शकको उत्साह अझै बढेको छ भने तेश्रो श्रृङ्खलाको माग पनि दर्शकले गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP