शुक्रबार , भाद्र १२, २०८३

नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोली एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

वर्षाले प्रभावित सेमिफाइनलमा जापानलाई डकवर्थ लेविस पद्दतिमा १ सय ४४ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । अपराजित नेपाल प्रतियोगिताको फाइनलमा पुगेसँगै यू-१९ एसिया कपका लागि पनि छनोट भएको छ ।

नेपाल २५ ओभरमा २ विकेट गुमाएर १ सय ४० रनको स्थितिमा रहँदा वर्षाले खेल बाधक बनाएको थियो । त्यसपछि लामो समय वर्षा हुँदा जापानले २२ ओभरमा जितका लागि १ सय ८७ रनको लक्ष्य पाएको थियो । नेपालले ५० ओभर खेल्न ब्याटिङ सुरु गरेको र वर्षाले बिथोलेपछि डकवर्थ लेविस पद्दतिबाट जापानले सो लक्ष्य पाएको थियो ।

नेपालका लागि लागि ओपनर दीपक बोहोराले ७० बलमा ७९ रन जोडे । १० चौका र २ छक्का प्रहार गरेका उनी कज़ुमा काटोको बाउन्सरमा कट बिहाईन्ड भएका थिए ।

दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । त्यसअघि ओपनर अर्जुन कुमाल १० रनमा क्याच आउट भएका थिए । २३ बलमा १ चौका प्रहार गरेका उनी डिप स्क्वायर लेगमा क्याच आउट भएका थिए ।

हाल क्रिजमा रहेका आकाशले ३५ रन र कप्तान देव खनालले ८ रन जोड्दा आकाशले ४७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जवाफमा जापान ११.५ ओभरमा ४३ रनमा अलआउट भएको थियो । जापानका शोतारो हिरात्सुकाले १५ र किफ़र यामामोटोले १३ रन जोड्नुबाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालका लागि हेमन्त धामी र दीपेश कंडेलले ३-३ विकेट लिए । सुभाष भण्डारीले २ र आकाश चन्दले १ विकेट हात पारे ।

नेपाल र जापान दुवै आ-आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । नेपालले अब मंगलबार हुने फाइनलमा यूएईको सामना गर्नेछ । यूएईले अर्को सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो ।

प्रतियोगिताको शीर्ष ३ टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् । नेपाल र यूएई एसिया कपमा पुगेका छन् । अब जापान र सिंगापुरले तेस्रो स्थान र एसिया कपमा स्थान बनाउन खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP