शनिबार , बैसाख ६, २०८२

काठमाडौं ।  नेपालले  त्रिकोणात्मक टि २० आई सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई सात विकेटले हरायो ।
विकेटले पराजित गर्यो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरी  युएईले दिएको १ सय ४१ रन को ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि नटआउट १२९ रनको साझेदारी गर्दै जित दिलाए ।

पौडेल ५१ र ऐरी ३४ रनमा नटआउट रहे ।यस्तै दीपेन्द्रसिंह ऐरीले सर्वाधिक रन बनाए । यस्तै आसिफ शेखले २३, कुशल भूर्तेलले १४, कुशल मल्लले ११ रनको योगदान गरे । यसअघिटस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।  मध्यक्रमका युवा ब्याटर बासिल हामिदको अर्धशतकको मद्दतमा पाहुना टोली मध्यम लक्ष्य दिन सफल भएको थियो ।

हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै इनिङ उकासे ।

तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए ।नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।

अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालका स्पिनर भने विकेटविहीन बने । मौसम ढकालले डेब्यू खेलमा २ ओभरमा १४ रन खर्चिए । दीपेन्द्रले २ ओभरमा १९ रन खर्चिए । कुशल मल्लले २ ओभरमा १३ रन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP