मंगलबार , अषोज २७, २०८३

काठमाडौं ।  नेपालले  त्रिकोणात्मक टि २० आई सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले यूएईलाई सात विकेटले हरायो ।
विकेटले पराजित गर्यो । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरी  युएईले दिएको १ सय ४१ रन को ५१ रन जोड्दा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि नटआउट १२९ रनको साझेदारी गर्दै जित दिलाए ।

पौडेल ५१ र ऐरी ३४ रनमा नटआउट रहे ।यस्तै दीपेन्द्रसिंह ऐरीले सर्वाधिक रन बनाए । यस्तै आसिफ शेखले २३, कुशल भूर्तेलले १४, कुशल मल्लले ११ रनको योगदान गरे । यसअघिटस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।  मध्यक्रमका युवा ब्याटर बासिल हामिदको अर्धशतकको मद्दतमा पाहुना टोली मध्यम लक्ष्य दिन सफल भएको थियो ।

हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै इनिङ उकासे ।

तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए ।नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।

अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालका स्पिनर भने विकेटविहीन बने । मौसम ढकालले डेब्यू खेलमा २ ओभरमा १४ रन खर्चिए । दीपेन्द्रले २ ओभरमा १९ रन खर्चिए । कुशल मल्लले २ ओभरमा १३ रन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP