मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपाल टी–२० त्रिकोणात्मक सिरिज आजदेखि शुरु हुँदैछ । पहिलो खेलमा आज घरेलु टोली नेपालले यूएईसँग खेल्दैछ ।
मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालमै हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि हुन लागेको टी–२० सिरिजमा नेपाल र यूएईसहित हङकङ पनि सहभागी छ । नेपाल र यूएई २० महिनापछि टी–२० आईमा भिड्न लागेका हुन् ।

यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा टी–२० विश्वकप छनोटमा खेलेका थिए । जहाँ सेमिफाइनलमा नेपाल यूएईसँग नै ६८ रनले पराजित हुँदै विश्वकप पुग्न असफल भएको थियो ।यूएईले भने टी–२० विश्वकपमा स्थान बनाउँदै अष्ट्रेलिया टी–२० विश्वकप खेलेको थियो ।

त्यही टी–२० विश्वकप छनोटको तयारी स्वरुप भएको चारदेशीय टी–२० सिरिजमा पनि नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो ।टी–२० आईमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेलेको छ । जसमा यूएई तीन खेलमा विजयी हुँदा नेपालले दुई खेल जितेको छ ।

नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी-२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो । तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले  शृंखला २-१ ले जितेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो भने दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।

नेपालले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली टी-२० सिरिजका लागि घोषणा गरिसकेको छ । एसियाडको टिममा रहेका स्पीनर सन्दीप लामिछाने व्यक्तिगत कारणले देखाउँदै यस पटक टिममा छैनन् भने लोकश बम, ललित राजवंशी र सूर्य तामाङले टिममा पुनरागमन गरेका छन् ।

यूएईले मोहम्मद वासिमको कप्तानीमा खेल्नेछ ।नेपालका कप्तान रोहित र यूएईका कप्तान वासिमले विश्वकप छनोटअघि हुन लागेको यस सिरिजले धेरै सहयोग पुग्ने बताएका छन् । सिरिज डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP