काठमाडौं ।चोटका कारण एसिया कप खेल्न नपाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशी टिममा फर्केका छन् । अब उनले यूइए र हङकङविरुद्धको क्रिकोणीय श्रृंखलामा खेल्नेछन् ।
बलात्कारको आरोप खेपिरहेका सन्दीप लामिछानेले एक्कासी आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गरेपछि उनको ठाउँमा को खेल्ला भन्ने चासो र चिन्ता भैरहेका बेला ललित टिममा फर्केका छन् ।
सोमवार नेपाल क्रिकेट संघ क्यानले ललितसहितको टिम घोषणा गरेको छ । नेपाली टिम अहिले भारतमा अभ्यासमा छ, तर ललित भने टिम घोषणा नहुँदै कीर्तिपुरमा नेटमा अभ्यास गरिरहेका छन् । कीर्तिपुर पुग्दा उनी अभ्यास गरिरहेका थिए ।











